Advertisement

विमानस्थल काण्ड र विजय लामाको प्रष्टोक्ति | Vijaya Lama in TOUGH talk

विमानस्थल काण्ड र विजय लामाको प्रष्टोक्ति | Vijaya Lama in TOUGH talk चालक दलका १४ सदस्यसहित २ सय ७६ यात्रु बोर्ड गरेर उडानका लागि तयार नेपाल वायुसेवा निगमको वाइड बडी विमानको निर्धारित दुवई उडान अकस्मात रद्द भयो । समयमा जहाज उड्न नसकेपछि र एयर ट्राफिक कन्ट्रोलले राती दश बजेदेखि विहान ८ बजेसम्म एयरपोर्टको रनवे मर्मतकार्य हुने भएकाले उडानका लागि अनुमति दिन नमिल्ने बताएपछि एयरपोर्टमा हल्लिखल्लि मच्चियो । निगमले केही यात्रुलाई होटलमा लगेर राखिए पनि सयौं यात्रु जहाजभित्रै छोडिए । राति ९ बजे जहाजमा चढेका यात्रुलाई भोलिपल्ट बिहान ५ः१५ मा मात्रै प्रहरीले बाहिर निकाल्यो र पछि ८ः४५ बजे मात्र जहाज उड्यो ।
घटनाको छानविन गर्न बनेको समितिले एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको र बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको निष्कर्ष निकाल्यो, र घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस ग¥यो ।
यो घटनाले नेपाल वायु सेवा निगमलाई अनावश्यक व्यवभार मात्र थपेन्, क्याप्टेन विजय लामालाई स्पष्टिकरण सोध्नुका साथै प्रवक्ताबाट हटाइएपछि निगम र प्राधिकरणका अधिकारीबीचको सम्बन्ध चिसिएको छ । सरकारको पर्यटन वर्ष २०२०, घोषणालाई मुलुकको राष्ट्रिय ध्वजावाहक, र नागरिक उड्यन प्राधिकरणको यो वैमनस्यताले कस्तो प्रभाव पार्ला ?
आखिर त्यो दिन के कारण उडान रद्द भयो ? निगमका पाइलट र एटीसीका प्राविधिकबीच जुंगाको लडाई मात्र थियो वा अन्य केहि ? निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताबाट हटाउनु पछाडी अरु के कारण छ ? नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगम र नागरिक उड्यन प्राधिकरणबीच कस्तो सम्बन्ध छ ? यस किसिमको तित्तताले समग्र हाम्रो हवाई सेवा तथा २०२० को पर्यटन वर्षलाई कस्तो प्रभाव पार्ला ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनुहुन्छ, नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामा ।
#TOUGHtalk #DilBhusanPathak #BijayaLama #NepalAirlines #FlightCancel
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook:
Twitter:
Youtube:
Podcast: (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:

TOUGH talk,Dil Bhusan Pathak,Kantipur Television,Himalaya Television,Talk Show,Nepal,Fireside,Disanirdesh,Tamasoma Jyotirgamaya,Sidha Kura Janta Sangha,Ravi Lamichhane,

Post a Comment

0 Comments